राजबिराज, ०८ भाद्र । मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजमा नवनिर्मित रेडक्रस सोसाइटी भवनको बुधवार उद्घाटन गरेका छन ।
मधेश प्रदेश सरकारको सहयोगमा निर्माण भएको भवनको उद्घाटन गर्दै मन्त्री शाहले विपद, दैवी प्रकोप तथा द्वन्द्वको समयमा रेडक्रसको अहम् भूमिका रहेको र यस संस्थालाई थप मजबुत बनाउनका लागि सदैव प्रतिबद्ध रहेन बताउनु भयो ।
प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता रेडक्रस सोसाइटी सप्तरी शाखाका सभापति योगेन्द्र भगतले गरेका थिए । कार्यक्रममा राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख ईसरत प्रविण, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र रेडक्रस सोसाइटी सप्तरीका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी आजै अर्थमन्त्री साहले राजबिराज स्थित यातायात व्यवस्था सेवा कार्यालय राजविराजले बनाएको ट्राइल सेन्टरको समेत अवलोकन गरेको छ । मन्त्री साहले निरीक्षणको क्रममा राजविराज यातायात व्यवस्था सेवा कार्यालय राजविराजबाट नयाँ लाइसेन्स दिने कार्य सञ्चालनमा आउने बताउनु भयो ।
अहिले राजबिराज स्थित यातायात व्यवस्था सेवा कार्यालयमा लाइसेन्सको ट्राइल बाहेकका सबै काम भइरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |