काठमाण्डौं,०९ भाद्र । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग प्रहरी प्रधान कार्यालयले एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ ।
मतदानका बेला मतदान स्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन् र मतपेटिकाको सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरीको संयुक्त रूपमा परिचालन गर्ने गरिन्छ ।
निर्वाचन सुरक्षाका लागि २६ सय हतियार अपुग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सरकारसँग २६ सय हतियार समेत माग गरेको छ । यसअघि स्थानीय निर्वाचनका बेला नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेर निर्वाचन सुरक्षा गरेको थियो ।
यसअघिको स्थानीय निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी माग गरेकामा सरकारले एक लाख मात्र नियुक्त गर्ने निर्णय गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |