सप्तरी, १० भाद्र । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर १४ डलवा स्थित कोशी पलार बाट सशस्त्र प्रहरीले लाखौंको अवैध विद्युतीय सामानहरू बरामद गरेको छ ।
सशस्त्र प्रहरी बिओपि तीलाठी बाट खटिएको टोलीले लगभग १ लाख ३७ हजार बराबरको समान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिएका छन ।
बिओपि तिलाठी का सशस्त्र प्रहरी निरीक्षक कृष्ण कुमार भण्डारीको कमान्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली डुङ्गामा समान बोकी नेपालतर्फ लत्याउदै गरेको अवस्थामा ८ कार्टुन स्विच बक्स , ३४० पिस स्विच र ४९० पिस पावर सकेट अवैध समान बरामद गरेको छ ।
प्रहरीलाई सशस्त्र हेरेपछि समान छाडी तस्करहरू डुङ्गा सहित भारततर्फ भागेको तथा तस्करहरूको खोजी कार्य तिव्र रुपमा भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको अवैध समान आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाएको सशस्त्र प्रहरीले जनाएको छ । पछिल्लोपटक सप्तरीको कोशी पलार बाट स्थानीयवासी तथा जन प्रतिनिधिहरूको मिलोमतो तथा संरक्षणमा तस्करी फष्टाएको स्थानीयवासीहरूले भन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |