जनकपुर, १० भाद्र । मधेश प्रदेश सरकारले कुमारी आमा निहारिका सिंह राजपुतलाई पाँच लाख दिने निर्णय गरेको छ ।
मधेश प्रदेशका मुख्य न्यायधिवक्ताको सिफारिसमा आज शुक्रबार मन्त्री परिषदको निर्णय वाट कुमारी आमा निहारिका सिंह राजपुतलाई न्यायिक कानुनी लडाइ लड्न तथा बच्चाको पालन पोषण गर्न मधेश प्रदेश सरकार द्वारा पाँच लाख रुपैयाँ आर्थिक सहयोग दिइने प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन ।
जलेश्वर नगरपालिका -८, महोत्तरीकी २१ वर्षीया निहारिका आफूमाथि बलात्कार भएको भन्दै २९ महिनादेखि न्यायको भिख माग्दै भौतारिरहेकी छिन् । उनीसँग बलात्कारबाट रहेको गर्भबाट जन्मिएको दुई वर्षीय छोरा समेत छ ।
धनुषाको जनकपुरधाममा डेरा बसी होटल म्यानेजमेन्ट पढ्दै गरेकी निहारिकाको आफ्नै साथीका कारण उनका दाइ २२ वर्षीय शिवराज श्रेष्ठसँग चिनजान भयो । उनै शिवराजले २०७६ कात्तिक ६ गते शिवराजले नसालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको निहारिकाले बताउँदै आएकी छिन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |