काठमाडौं , ११ भाद्र । आगामी असोज दोस्रो सातादेखि हुने पहिलो संस्करणको नेपाल टी २० लिगका लागि खेलाडी दर्ताका लागि आवेदन खुलेको छ ।
आगामी असोज ८ गतेदेखि कात्तिक ५ सम्म काठमाडौंमा हुने लिगका लागि क्यानले अनलाइन दर्ता खुलाएको हो । दर्ताका लागि चार वटा मापदण्ड तय गरिएको छ । लिगमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । ६ मध्ये चार टिम मात्र घोषणा भएका छन् ।
घोषणा गरेका चार टिममा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्ट, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स छन्। पोखरा र फार वेस्टर्न को टिम तथा स्वामित्व क्यानले अहिलेसम्म घोषणा गरेको छैन ।
मापदण्ड
१. दर्ताको लागि योग्य हुन राष्ट्रिय खेलकुद, पीएम कप, मेयर कपमा नियमित रूपमा भाग लिएको र २०१८ देखि औसतभन्दा माथिको प्रदर्शन गरेको हुनुपर्छ ।
२. २०१८ देखि यू १९ उमेर स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलाहरूमा नेपालको प्रतिनिधित्व गरेको हुनुपर्ने।
३. २०१८ देखि सिनियर स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिता र शृङ्खलाहरूमा भाग लिएका खेलाडीहरूलाई प्राथमिकता दिइनेछ ।
४. २०१८ देखि नियमित रूपमा विभिन्न फ्रेन्चाइज लिगमा सहभागी भएका खेलाडीहरूलाई प्राथमिकता दिइनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |