राजविराज, १२ भाद्र । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड राजबिराज शाखाले जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
मास इन्स्टिच्युट अफ कम्प्युटर टेक्नोलोजी राजबिराजको हलमा तिन दिन देखि चलेको जीवन बीमा अभिकर्ताको लागि आधारभूत तालिम आइतबार सम्पन्न गरेको छ ।
अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले तिन दिन सम्म नयाँ अभिकर्ताहरूलाई लक्षित गरि तालिम सञ्चालन गरेको बताइएको छ । शाखा प्रमुख अस्मिता थापाले तालिममा प्रशिक्षण दिएकी थिइन् ।
तालिममा उल्लेख्य सहभागिता रहेको शाखाका अपरेसन इन्चार्ज उदय चन्द्र ठाकुर ले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |