सप्तरी ,१३ भदौ । विभिन्न पार्टी परित्याग गरी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका बर्साइनमा सयौँ जना जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका वाड नम्बर ५ बर्साइनमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पिन्टु सिंह, श्रीनन्द राय, परमानन्द सरदार, पप्पु सरदार र संजय साहको नेतृत्वमा लगभग पाच सय जनाले कांग्रेस, लोसपा र जनमत पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गरेको जिल्ला कार्यकारिणी सदस्य निरज मुक्तिले बताएका छ्न ।
नवप्रवेशीलाई प्रमुख अतिथि मधेस सरकारको प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह ले अबिर र माला लगाई पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै संघीयताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू बिचको एकता अपरिहार्य रहेको अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन् । अर्को प्रसङ्गमा उनले भने प्रदेश सरकारलाई असफल पार्न संघीय सरकार षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । देशमा संघीयता आए पनि मधेशी जनता अझै पनि अधिकारबाट वञ्चित रहेको छ ।
कार्यक्रममा जसपा नेपालको राजनीतिक समिति सदस्य रञ्जु ठाकुर, केन्द्रीय सदस्य मुरली सिंह, मधेश प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज कौश्लेन्द्र यादव, प्रदेश सदस्य सुरजित सिंह, पूर्व गापा उपाध्यक्ष सुचिता यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष तारकेश्वर यादव, जसपा नेपालबाट तिलाठी कोइलाडी गाउँपालिकामा नवनिर्वाचित वडा अध्यक्ष हरु दिनेश्वर मिश्र, रमेश कुमार मुखिया र सत्य नारायण यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |