सप्तरी, १४ भाद्र । सप्तरीको बोदेबर्साइन नगरपालिका वड नम्वर ८ स्थित सोनापुरबाट सशस्त्र प्रहरीले १ लाख भन्दा बढिको अवैध औषधि बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याइ रहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपि स्वर्णपटि को टोलीले १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको अवैध औषधि बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ नम्वर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीको गस्ती टोली हेरेर तस्करहरू औषधि फालेर फरार भएको तथा तस्करहरूको खोजी कार्य तिव्र रुपमा भइरहेको जनाएको छ । यता बरामद गरिएका औषधीलाई आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तीलाठी पठाएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल ६ नम्वर गणले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |