राजविराज, १६ भाद्र । मधेस सरकारको प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको नाम सप्तरी संसदीय क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस भएपछि उनले आफ्नो धारणा स्पष्ट गरेका छन् ।
उनले आफ्नो फेसबुक वालमा पोस्ट गर्दे यसरी लेखेका छन् ।
अर्थमन्त्री साहले प्रदेश सभामा नै चुनाव लड्ने धारणा स्पष्ट पार्दे संसदीय क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको निर्वाचनमा नाम सिफारिस गरेकोमा साथीहरू लाई धन्यवाद व्यक्त गरेका छन्।
गत प्रदेश सभा चुनावमा मन्त्री साहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट नै प्रदेश सभा सदस्यमा चुनाव जितेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |