राजविराज, १६ भाद्र । आगामी मङ्सिरमा हुनलागेको चुनावमा प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) ले सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ (क) र (ख) मा प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवार चयन गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ (क) र (ख) प्रदेश सभा कार्यसमितिको कञ्चनपुर र भारदहमा बिहीवार सम्पन्न बैठक बाट प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरू चयन गरिएको छ ।
क्षेत्र नम्बर १ (क) क्षेत्रीय अध्यक्ष श्याम कुमार चौधरीको अध्यक्षतामा आयोजित बैठकले प्रत्यक्षतर्फ मनाई महतो‚ अशोकानन्द यादव‚ अशोक कुमार चौधरी‚ रामसुन्दर यादव‚ मिलन चौधरीको नाम चयन गरिएको छ ।
यसैगरी समानुपातिक तर्फ पत्रकार बृजमान तामाङ‚ दक्ष नारायण श्रेष्ठ‚ वच्चु सरवरिया‚ भरत प्रसाद महतो‚ दिनेश कुमार साह र मोतिलाल चौधरीको नाम छनौट गरिएको छ ।
समानुपातिक महिलातर्फ वाणी चौधरी‚ कल्पना चौधरी‚ चनरवती सरदार‚ इशु कुमारी चौधरी‚ रेणुका कुमारी खंगको नाम चयन भएको प्रदेश सचिव विनोद कुमार साहले जानकारी दिएका छन् । जसपा को निर्वाचन कार्यविधि अनुसार संकलित नामावली जिल्ला समन्वय समितिमा सिफारिस गरि पठाउने उनले जानकारी दिए ।
यसैगरी क्षेत्र नम्बर १ (ख) क्षेत्रीय अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षतामा आयोजित बैठकले प्रत्यक्षतर्फ अशोक लगरवार‚ श्यामदेव यादव‚ शम्भु कुमार झा‚ सुदम्बर यादव र राम चन्द्र साहको नाम चयन गरिएको छ ।
समानुपातिक तर्फ पत्रकार धर्मपाल राउत‚ जगदेव यादव‚ छेदी यादव‚ निलेश कुमार झा‚ देव लाल खंग, शम्भु कुमार झा र सहेन्द्र मरवैता को नाम छनौट गरिएको छ ।
समानुपातिक महिलातर्फ राधा देवी यादव‚ लिला देवी र चम्पा देवी सरदारको नाम चयन गरिएको जसपा क्षेत्रीय अध्यक्ष जितेन्द्र खडगाले जानकारी दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |