काठमाण्डौं, २२ भाद्र । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी परेको छ । लामिछाने विरुद्ध १७ वर्षीय नाबालिगले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी हुन् ।
काठमाण्डौं र भक्तपुरको विभिन्न स्थानहरूमा लगेर काठमाण्डौं ल्याई राती ११ बजेर ५५ मिनेटको समयमा काठमाण्डौं महानगरपालिका-९ स्थित एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
पीडितले २०७९ भदौ ५ गते राती जबर्जस्ती करणी गरेको आरोप उल्लेख गर्दै भदौ २१ मा प्रहरी वृत्त, गौशालामा पीडितले जाहेरी दिएकी हुन् ।
लामिछाने अहिले नेपालमा छैनन् । उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |