राजविराज, २२ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य उम्मेद्वारका लागि सप्तरी निर्वाचन क्षेत्र नं. २ (क) बाट नेपाल मधेशी निजामती कर्मचारी मञ्चका संस्थापक अध्यक्ष विनोद कुमार सिंह सिफारिस भएका छन् ।
मंगलबार बसेको निर्वाचन क्षेत्रस्तरीय समितिले सिंहलाई प्रदेशसभा सदस्य उम्मेद्वारको रुपमा सिफारिस गरेको हो ।
मधेशी निजामती कर्मचारी मञ्च सप्तरीका अध्यक्ष अजय कुमार झा भन्छन्, ‘सिंह जस्तो जुझारु र इमान्दार व्यक्तित्व प्रदेशसभाका लागि सिफारिस हुनु एकदमै सकारात्मक र परिवर्तनको सन्देश दिएको छ ।’
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |