राजविराज ,२२ भाद्र । सप्तरीको राजविराज नगरपालिका वडा न.२ राजदेवि टोलकि एक जना मृतक परिवारलाई राहत स्वरुप एक संस्थाले आर्थिक सहयोग गरेको छ ।
स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि. संग आवद राजदेवी स्वावलम्बन महिला केन्द्र न. ८१ कि सदस्य रिम्पु कुमारी ठाकुरलाई संस्थाले आर्थिक स्वरुप ३ लाख ९० हजार बराबरको चेक एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।
संस्थाकी सदस्य ठाकुरकी पति ललित कुमार ठाकुरको गत असार ७ गतेमा अचानक मृत्यु भए पछि संस्थाले बिमित रकम मध्ये कर्जा बिमा वापतको ३ लाख ५० हजार र किरिया खर्च बापत ४० हजार गरि कुल ३ लाख ९० हजारको चेक प्रदान गरेको छ ।
मृतकको घरमै पुगेर राजविराज नगरपालिकाकी उपमेयर इसरत प्रविण ,संस्थाका राजविराज शाखाका प्रबन्धक टेक नारायण कामती , इलाका लहान सिरहाका प्रबन्धक तारणी प्रसाद चौधरी , युवा पत्रकार शुभ नारायण यादव ,संस्थाका धर्मेन्द्र कुमार महरा लगायतको उपस्थितिमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |