राजविराज, २५ भाद्र । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट जनमत पार्टी को सम्भावित उम्मेदवारको रुपमा सतिश सिंह को नाम चर्चामा रहेको छ । जनमतमा आबद्ध भए सँगै युवा नेता सिह उक्त क्षेत्रबाट उम्मेदवारी दिने घोषणा सँगै चर्चा चलेको हो ।
प्रदेशसभाको निर्वाचन क्षेत्र २ (क) मा पर्ने तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ कोइलाडी जन्मथलो भएका सिह उक्त गाउँपालिका का पूर्व गाउँपालिका अध्यक्ष हुन । सिहले निस्वार्थ जनताको सेवा गर्ने भावले प्रदेश सभामा उम्मेदवारी दिने बताएका छ्न ।
आउँदो ४ मसिर मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ र गाउँदेखि सहरसम्म चुनावी माहोल तात्न थालेको छ । आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने लगायत यावत् सवालमा अहिले जताततै चर्चा परिचर्चा छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |