चन्दन यादव,सप्तरी, ३० भाद्र । सामुदायिक विद्यालयहरूको गुणस्तरीय शिक्षामा सुधारका लागि शिक्षण विधि प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोडिदिएका छन् ।
बिष्णुपुर गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयमा शिक्षण सिकाइ विधि प्रयोग नगर्दा विद्यार्थीहरूको कक्षागत सिकाइ प्रगति कमजोर बन्दै गएको सरोकारवालाहरूले कक्षामा अवलोकन गर्ने क्रममा सो कुरा बताएको हो ।
बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादवले राप्राबि रंजितपुर, जनता माबि कनकटा, जनता माबि खुरहुरिया विद्यालयहरूको कक्षागत शिक्षण सिकाइ निकै कमजोर रहेकोले शिक्षण सिकाइ प्रविधि प्रयोग शिक्षण सिकाइ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले राप्राबि रंजितपुर विद्यालयमा कक्षा ५ मा विद्यार्थीहरूलाई सिकाइ उपलब्धि चेक गर्दा उनीहरूलाई समान्य जोडघटाउ समेत नआएको गुनासो गर्दै भने विद्यालयमा शिक्षण सिकाइ विधि प्रभावकारी बनाउन विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिनु भएको छ ।
सो विद्यालयमा निरीक्षण गर्नेक्रममा बालविकास केन्द्रमा ६ जना बालकालिका उपस्थिति रहेको थियो भने कक्षा १ र २ मा १६ जना, कक्षा ३ मा ६ जना, कक्षा ४ मा ६ जना र कक्षा ५ मा २० जनाको उपस्थिति रहेको थियो । यता विद्यालयका प्र.अ रामेन्द्र यादबले भौतिक पूर्वाधारका कारण शिक्षण सिकाइ क्रियाकलापमा समस्या उत्पन्न भएको बताउँछन् ।
बिष्णुपुर गाउपालिका अध्यक्ष उमेश यादवले शिक्षालाई प्रभावकारी सँगै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षकहरूले इमान्दारितापूर्वक काम गर्न आग्रह गर्नु भयो। उनले भने जनता माबि कनकटा विद्यालयमा आफू सक्दो सहयोग गर्न तयार रहेकोले आउने दिनमा विद्यालयलाई उच्च शिक्षा स्नातक सम्मको ०कक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो । अध्यक्ष यादवले पालिका भित्र रहेका १८ वटै विद्यालयमा सिलिङ फ्यान जडान गर्न बजेट छुटयाई सकेकोले चाडै जडान गर्ने प्रतिबद्धता जनाए ।
विद्यालय शैक्षिक सुधारका लागि शिक्षण विधिका सुचक हरूको प्रयोग गरी बालविकास केन्द्र शैक्षिक सामग्री प्रयोग गरेर शिक्षण सिकाइ विधि अनुसार सिकाई लाई प्रभावकारी बनाउन कक्षा १, २, ३, ४, ५ छापामै कक्षा कोठा बनाउनु पर्ने सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले सुझाव दिए ।
सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोग तथा बिष्णुपुर गाउँपालिकाको समन्वयमा विद्यालय अनुगमन जनता मावि खुरहुरिया मा पनि सरोकारवालाहरूले विद्यालयको शैक्षिक गतिविधि सँगै कक्षा अवलोकन समेत गरिएको थियो ।
उक्त अवसरमा बिष्णुपुर गाउपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश यादव, शिक्षा संयोजक अर्जुन यादव, शाखा अधिकृत सुभाष मण्डल, स्वास्थ्य शाखाका सुनिल यादब, सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, पत्रकार चन्दन यादव लगायतको सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |