राजबिराज, १ असोज । प्रेस मञ्च नेपालले केन्द्रीय समितिलाई ५१ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ । आज शनिवार काठमाडौंमा बसेको बैठकबाट पुर्नगठित समितिको अध्यक्षमा कमन देवान चयन भएका छन् ।
समितिको उपाध्यक्षहरुमा राजेश कर्ण, विजय चामलिङ्ग, नातीकाजी महर्जन, दिपेन्द्र रुम्दाली, मनोज यादव, शाहीमान राई र सोना खटिक चयन भएका छन् ।
महासचिवमा अवधेश कुमार झा तथा उप महासचिवहरुमा अमरेन्द्रकुमार यादव, वैद्यनाथ यादव, देवेन्द्र खापूङ्ग, मुकेश मिश्र र राम एकवाल साह चयन भएका हुन् । त्यस्तै कोषाध्यक्षमा प्रतिमा चौधरीचयन भएको महासचिव झाले जानकारी दिएका छन् ।
बैठकमा प्रेस मञ्च नेपालका निवर्तमान उपाध्यक्ष आतिशकुमार मिश्र, जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समितिका सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेत, प्रचार विभागका उप प्रमुख अमरनाथ मण्डल, वौद्धिक पेशाकर्मी महासंघका महासचिव बिरेन्द्रकुमार ठाकुर लगायतको उपस्थिती थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |