चन्दन यादव, राजविराज, २ असोज । सप्तरीको हुलाकी लोकमार्ग अन्तर्गत राजविराज-कञ्चनपुर सडक खण्डको खाँडो नदीको पुल निर्माण सम्पन्न भएको केही वर्ष नबित्दै उप्कन थालेको छ ।
नेपाल सरकारको कुल १० करोडको लागतमा ठेकेदार कम्पनीद्वारा निर्माण भएको उक्त पुल केही वर्ष नपुग्दै उप्कन शुरु भएको छ भने निर्माण गरिएको पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरि बनाइएको प्रमाणीत भएको हो । पुलको कामको ढाकछोप गर्न ठाउँ – ठाउँमा सिमेन्टको घोल हालेको स्थलगत रुपमा स्पष्टै देखिने गरेको छ ।
पुलमा ठेकेदार कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरी र कमिसन को कारण पुल गुणस्तरहीन बनेको सहजै अनुमान गर्न सकिन्छ । यसै बिच हुलाकी लोकमार्ग अन्तर्गत महादेवा गाउँपालिका- १ स्थित बोकरो नदीको पुल र अग्निसाईर कृष्णासवरण गाउँपालिका– ४ वनौली निरको हुलाकी सडकको पुलको रयाम्प र नदिमा रहेको अधुरो पुल वर्षौ वर्ष देखि ठेकेदार कम्पनीले निर्माण नगरेको कारण सो बाटो भएर जाने सयौँ सवारी साधन, पैदल यात्री लगायत जोखिम मोलेर जादा पनि अहिले यतातिर कसेको ध्यान पुग्न सकेको छैन ।
तर चुनावको समयमा आफ्नो भोट बैकंको राजनीति गर्नको लागी दर्जनौं सडक, पुल लगायतका शिलान्यास गरे पनि निर्माण शुरु भयो कि भएन त्यसको खोज खवर गर्ने समय नै हुदै न । तसर्थ त्यस्तालाई मसिंर ४ गतेको संघ र प्रदेश निर्वाचनमा यस क्षेत्रका आमजनताले पाठ सिकाउनु पर्ने स्थानीय हरू बताउँछन् ।
केही वर्ष नबित्दै पुल उप्कन थालेपछि, यो भेगका हजारौं स्थानीयवासी हरूलाई फेरि पनि आवतजावतमा कठिनाइ भोग्नुपर्ने अवस्था आउन सकिन्छ भने चिन्तित छन् । महदेवा गाउँपालिका, तिरहुत गाउँपालिका , कंचनरूप नगरपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिकाका स्थानिय हरूलाई राजबिराज सदरमुकाम जोडने मुख्य बाटोको रूपमा खाडो पुल प्रयोग गर्दै आएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |