राजविराज, ३ असोज । थारू आदिवासी महिला समन्वय समिति सप्तरीले ११ औ जितिया महोत्सव २०७९ मनाएको छ ।
आइतबार राजबिराज वडा ८ स्थित डिहवार थानमा जितिया मूल समारोह द्वारा थारू आदिवासीहरूको मौलिकता झल्किने थारू गीत, नृत्य सँगै थारूको पहिचान झल्किने पहिरनहरूको प्रदर्शन गरी जितिया महोत्सव मनाएको हो ।
थारू आदिवासी महिला समन्वय समिति सप्तरीका अध्यक्ष चन्द्रकला चौधरीको अध्यक्षतामा आयोजित महोत्सवमा प्रमुख अतिथि युनिक एजुकेसनल एकेडेमी तथा अस्पतालका प्रिन्सिपल सविना चौधरीले थारू आदिवासीहरूको पहिचान, अधिकार र आत्मसम्मानका लागी सबै एकजुट हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा पूर्व संविधान सभा सदस्य लक्ष्मी चौधरीले थारूको पहिचान र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै राजबिराज नगरपालिका समाजिक अधिकृत अनिता चौधरी, नेपाल पत्रकार महासंघ सप्तरी उपाध्यक्ष अम्बिका दाहाल, समाजसेवी पुण्य प्रसाद चौधरी, इन्जिनियर तारणी चौधरी, इन्जिनियर रामानन्द चौधरी, पूर्व शिक्षिका मन्जु चौधरी, बरिष्ठ अधिवक्ता शिवकुमार चौधरी, अधिवक्ता हेमनारायण चौधरी, देवनारायण चौधरी, खेलकुद प्रशिक्षक सिताराम चौधरी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |