राजविराज, ५ असोज । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सप्तरीमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ स्थित पत्थरगढा चौकमा जनता समाजवादी पार्टी (जसपा) सप्तरीका नेताकार्यकर्ताहरुले नरावाजी गर्दै राष्ट्रपति भण्डारीको पुत्लादहन गरेका हुन् ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सप्तरीका नेताकार्यकर्ताले राष्ट्रपति विरुद्ध नारा लगाउँदै राजविराजमा प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले सामान्य हस्तक्षेप गरे पनि लोसपा कार्यकर्ताद्वारा प्रदर्शन जारी राखेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |