राजविराज, ८ असोज । बागमती प्रदेशको चितवन जिल्लामा ‘राष्ट्रिय फोटो सङ्ग्रहालय’ निर्माण गर्नका लागि गठित अध्ययन समितिको सदस्यमा नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय सचिव र मधेश लाइभका समाचार संयोजक सौरभ यादव चयन भएका छन् ।
नेपाल फोटो पत्रकार महासंघ, केन्द्रीय समितिको बैठकबाट कौमलचन्द्र भगतको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन समितिको सदस्यमा यादवलाई चयन गरिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |