राजविराज, १० असोज । छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ बाट अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गर्दा १३ किलो ९ सय ५५ ग्राम बराबरको चाँदीका विभिन्न गहना सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु मा जिल्ला झापा शिवसतासी नगरपालिका वडा नम्वर २ बस्ने दिपक कुमार बिश्वकर्माको छोरा बर्ष २५ को करण लोहार र कमल गाउँपालिका वडा नम्वर ४ बस्ने धन बहादुर बिश्वकर्माको छोरा वर्ष ३५ को मणी प्रसाद बिश्वकर्मा रहेका छन् ।
बिभिन्न तयारीका चाँदीका औठी, काडा, ब्रासलेट, बाला गरी नेपाली बजार मूल्य अन्दाजी १४ लाख ११ हजार ७ सय ७ बराबरको मुल्याङकन गरी आवश्यक कारवाहीको लागी आज शनिवार राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |