राजबिराज, ११ असोज । राजविराजमा प्रहरीको मिलोमतोमा चोरी भइरहेको स्थानीयहरूले आरोप लगाएको छ । पछिल्लो दिनमा राजबिराजमा दर्जनौँ चोरीका घटनाहरू बढ्न थालेपछि सुरक्षाको माग गर्दै स्थानीयवासीहरूले राजबिराजमा नारावाजी गर्दै प्रदर्शन गरेकछन ।
सोमवार चोरी पीडित संघर्ष समितिका संयोजक सुनिता साहको अगुवाइमा राजविराजमा गरिएको प्रर्दशनमा स्थानियहरूले शान्तिसुरक्षाको प्रत्याभूति, दिनहुँ हुने चोरीका घटना नियन्त्रण, चोरी गर्ने अपराधी पत्ता लगाई कडा कारवाही लगायतका नाराबाजी गर्दै नगरक्षेत्रको परिक्रमा गरेका थिए ।
चार महिना यता लगातार झण्डै तीन दर्जन भन्दा बढी चोरीका घट्ना भएपछि स्थानीय शान्तिसुरक्षा र प्रहरी सक्रियता सँगै रात्री गस्ती र निगरानी बढाउनु पर्ने माग गर्दै सडक प्रर्दशनमा उत्रेका छन् ।
सडक किनार घर अगाडि राखिएका साइकल र मोटरसाइकल मात्र होइन, पसलको सटर र घरको झ्याल ढोका समेत फोडेर लाखौको धनमाल चोरी हुने क्रम बढेकाले यस्ता आपराधिक घटना रोक्न स्थानीय प्रशासनलाई दवाव स्वरुप प्रर्दशन गरिएको संघर्ष समितीका संयोजक सुनिता साहले बताइन ।
प्रर्दशनमा सहभागी युवा अभियन्ता पार्थो सरकार, खेलानन्द दास लगायतले जिल्लामा केही दिन यता चोरीको घटना ह्वातै बढेको भन्दै प्रहरीले सक्रियता र निगरानी नबढाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यता नगरका विभिन्न स्थानमा भएका चोरी घट्नाका अधिकांश अपराधीहरूलाई पक्राउ गरि कार्यवाही अगाडि बढाइएको जिल्ला प्रहरीका डीएसपी माधव प्रसाद काफ्ले को दाबी छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |