काठमाण्डौ, १३ असोज । जनता समाजवादी पार्टी (जसपा) ले मसिर ४ मा हुने प्रतिनिधि सभाको चुनाबको लागी सत्ता गठबन्धन बाट १३ सिट पाउने भएको छ । बुधबार अबेर रातिसम्म बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले १३ सिट पाउने करिब करिब सहमति भएको हो ।
सहमतिअनुसार जसपाले सप्तरी निबार्चन क्षेत्र नम्बर १ र २ , सिरहा ४, महोत्तरी ४, सर्लाही १, रौतहट ३, बारा २ र ३, पर्सा १ र २, सुनसरी १, काठमाण्डु ७, र बाँके बाट एउटा सिट पाउने भएको छ ।
धनुषा र महोत्तरी ३ मा कांग्रेसको पनि दावी रहेकाले सहमति हुन सकेको छैन । यस्तै रुपन्देही १ मा माओवादीको पनि दाबी रहेकाले सहमति हुन नसकेको हो ।
यता सत्ता गठबन्धनले कांग्रेसलाई ८३ सिट, माओवादी केन्द्रले ३६ सिट, एकीकृत समाजवादी पार्टीले १४ सिट र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने सहमति भएको गठबन्धनका एक नेताले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |