राजविराज ,१९ असोज । सप्तरीको भारदह स्थित कङ्कालिनी भगवती मन्दिरमा दसैँको महानवमीका दिन ६ सय ६९ राँगाको बलि प्रदान गरिएको छ ।
सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह अवस्थित नेपालकै प्रसिद्ध कङ्कालिनी भगवती मन्दिरमा उक्त सङ्ख्यामा राँगाको बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ । मङ्गलबार १२ बजेदेखि सुरु भएको राँगाको बलि साँझ ८ बजे सम्पन्न भएको थियो ।
यस्तै कङ्कालिनी भगवती मन्दिरमा घटस्थापनादेखि महानमवी सम्म करिब २५ हजारको हाराहारीमा खसीबोकाको बलि दिएको छ । प्रत्येक वर्ष महानवमीका दिन मन्दिरमा राँगा, खसीबोका र परेवाको बलि दिने चलन रहेको छ ।
त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता भवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवी सम्ममा करिब ३० हजारको हाराहारीमा खसी बोकाको बलि दिइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |