बारा, २० असोज । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्ज तर्फ जाँदै गरेको बा ०६-००१ ख ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका अमलेखगञ्ज स्थित ३ नम्बर पुलमा दुर्घटना भएको थियो । बसमा करिब ५० जना सवार थिए ।
चुरेहिल अस्पतालमा ९ जना लगिएकोमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी हेटौंडा अस्पतालमा लगिएका ३६ जनामध्ये १२ जनाको मृत्यु भएको छ भने हेटौंडा सहकारी अस्पतालमा लगिएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ । चितवन पठाइएका एक घाइतेको पनि मृत्यु भएको छ ।
मृतकमध्ये १० पुरुष र ६ महिला रहेको इलाका प्रहरी कार्यालय अमलेखगञ्जले पुष्टि गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |