राजविराज, २३ असोज । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जसपा, लोसपा र जनमत बीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि एमाले र जसपा गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी लभग तयभएको छ ।
यसैगरि जनमत बाट पार्टी अध्यक्ष डा. चन्दरकान्त राउत (सिके) चुनावी मैदानमा पहिलो पटक उत्रेका छन् र यसै क्षेत्रबाट आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यता पाँच दलिय गठबन्धन बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुरले उम्मेदवारी दिने तय भएको छ ।
गत चुनावमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजय भएका थिए र पुन: यसै क्षेत्र बाट उम्मेदवारी दर्ता गराउनेछन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |