राजविराज, २४ असोज । परिवार वाद, नाता वाद र कृपावाद राजनीतिमा चल्दै आइरहेको परिपाटि जनमत पार्टीमा पनि देखिएको छ । आसन निर्वाचनको लागी जनमत पार्टी बाट एकै घरका साखै दाजुभाइले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधि सभा सदस्य पदमा जनमत पार्टी बाट अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) र उनका दाजु डा. जयकान्त राउतले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
डा. सिके राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् भने, डा. जयकान्त राउतले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
जसरी भारतमा गान्धी र नेपालमा कोइराला परिवारलाई यसअघि परिवारवादमा फसेको आरोप लगाइन्थ्यो, त्यसैगरी त्यो आरोप डा. सिके राउततिर सरेको चर्चा परिचर्चा हुन थालेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |