राजविराज, २६ असोज । सप्तरीमा ५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । एक जना प्रतिनिधि सभा र चार जना प्रदेश सभाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ बाट जनमत पार्टीका बागी उम्मेदवार सुरेन्द्र प्रसाद शर्मा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका निर्वाचन क्षेत्र नम्बर १ (ख) का बागी उम्मेदवार कुमार नाथ मिश्र, निर्वाचन क्षेत्र नम्बर ३ (क) का स्वतन्त्र उम्मेदवार अनिल कुमार गुप्ता, निर्वाचन क्षेत्र नम्बर ३ (ख) का स्वतन्त्र उम्मेदवार अमरेन्द्र यादव र निर्वाचन क्षेत्र नम्बर ४ (क) का स्वतन्त्र उम्मेदवार मोहम्मद गफुरले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |