काठमाण्डौ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।
नेपालको समिधनको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदिप यादवलाइ बर्खास्त गरेका हुन् ।
सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको कारण जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन् ।
राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |