राजबिराज, ३१ असोज । सुरुङ्गा नगरपालिका-११ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । आइतबार सेभ द चिल्ड्रेनको साझेदारी एवं सुरुंगा नगरपालिका सँगको समन्वयमा सबल नेपालद्वारा संचालनमा रहेको समुन्नति कार्यक्रम अन्तर्गत बालविवाह मुक्त घोषणा गरिएको हो ।
उक्त अवसरमा सुरुङ्गा नगरपालिका नगर प्रमुख गीता चौधरीले वडा नं ११ लाई एक समारोह बिच बालविवाह मुक्त वडा घोषणा गरेकी छिन ।उक्त अवसरमा नगर प्रमुख गीता चौधरीले सूरूगां नगरपालिकालाई चाडै बालविवाह मुक्त घोषणा गरी जिल्ला कै नमुना नगरपालिका बनाउने लक्ष्य रहेको बताइनँ ।
बालविवाह न्यूनिकरण अभियान संचालन निर्देशिका अनुसार वडा ११ मा वार्षिक रूपमा जम्मा विवाहको अवस्था र बालविवाहको तथ्यांक संकलन गरी सूचक पूरा गरेपछि घोषणा गरिएको सबल नेपालका परियोजना संयोजक रोशन मण्डलले जानकारी दिए ।
गत १ वर्षमा वडा नम्बर ११ को ५ सय ८३ घरधुरीमा सर्वेक्षण गर्दा अरहा, भज्जका लवका टोल, खैजनपुर, भज्जका, रामपुर र महेशपुरमा २० वटा विवाह मध्ये ४ वटा मात्र बालविवाह भएको देखिएपछि सुचक अनुसार बालविवाह मुक्त घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा उप मेयर रुद्र बहादुर कार्की लगायत बिभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |