राजबिराज. १ कार्तिक । पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोटमा सिरहा र धनुषा विजय भएका छन् ।
मंगलबार राजबिराजमा सप्तरी क्रिकेट सँघको आयोजना तथा मधेश प्रदेश क्रिकेट सँघको सहयोगमा सञ्चालित छनोट खेलमा सिरहाले सप्तरीलाई ६४ रनले र धनुषाले महोतरी लाई ४ बिकेटले पराजित गरेको छ ।
पबिमावि खेलमैदानमा टस जितेर सिरहाले निर्धारित ५० ओभरको खेलमा ३८ ओभर ३ बलमा १० बिकेट गुमाई १७५ रन बनाएका थिए । जसमा रूपेश सिंह ४३ रन, राकेश कामत ४१ रन जोडे । कलिङ्ग तर्फ सप्तरीका अजय यादब ४ पप्पु यादब ३ र बिकास दास २ बिकेट हात पारे ।
जवाफमा सप्तरीले ३४ ओभरमा सबै बिकेट गुमाई १ सय ११ रनमै सीमित रहे । जसमा अमित यादब २९ र रोहित सिंह अविजित २० रन बनाएका थिए । बलिंग तर्फ सिरहाका प्रदिप पासवान ४ मनोज यादव २ र रूपेश सिँहले १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच सिरहाका प्रदिप पासवान म्यान अफ दि म्याच घोषित भएका थिए ।
आजै मबिव क्याम्पस खेलमैदानमा भएको दोस्रो खेलमा महोत्तरीले टस जितेर ४२ ओभरमा १० बिकेट गुमाई १ सय २४ रनको योगफल खडा गरेका थिए । जसमा नवीन यादब ३६ र बिनोद सहनी ३० रन जोडे । बलिंग तर्फ धनुषाका दिव्यांशु मलिक र आकाश रायले समान्य ४/४ बिकेट हात पारे भने हरिशंकर साहले १ बिकेट लिए । जवाफमा धनुषाले ३० ओभर २ बलमा ६ बिकेट गुमाई विजय हात पारेका थिए । जसमा विशाल सुश्लिंगले ४३ रन र परशुराम यादवले ३० रन बनाएका थिए ।
बलिंग तर्फ महोत्तरीका रमेश सहनी २ र नितेश यादब र अभिषेक तिवारीले १/१ बिकेट हात पारे ।खेलको म्यान अफ दि म्याच आकाश राय म्यान अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट सँघले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |