राजबिराज, १ कार्तिक । नेपाल सद्धभावना पार्टीले मधेसका मसिहा स्व. गजेन्द्र नारायण सिंहको समाधि स्थल (सप्तरी सेवा आश्रम) बाट जनजागरण तथा भन्डाफोर घरदैलो अभियानको सुरुवात गरेको छ ।
नेपाल सद्धभावना पार्टीका राष्ट्रिय अध्यक्ष रामकुमार महतो सहितका नेता तथा कार्यकर्ताहरूले सप्तरीको राजविराज वडा नं. ३ स्थित गजेन्द्र नारायण सिहको समाधि स्थलमा फूलमाला चढाएर मधेस प्रदेशको ८ वटै जिल्लामा जनजागरण तथा भन्डाफोर सहित चुनावी प्रचारप्रसारमा लागिएको जनाइएको छ । सो क्रममा राष्ट्रिय अध्यक्ष महतोले सप्तरी जिल्ला ऐतिहासिक जिल्ला रहेको बताउँदै यो जिल्लामा संस्थापक सदभावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिहको जन्मस्थल जिल्ला भएको बताए । गजेन्द्र बाबु जस्तो निस्वार्थ भवना भएको अरु मधेशवादी दलका नेताहरु नदेखिएको आरोप लगाउदै अहिले परिवारवादमा लिप्त् भएको बताए ।
यही मंसिर ४ गते हुने चुनावमा पनि मधेसवादी दलका नेताहरू आफ्नो परिवारवादलाई बढावा दिदै आफ्ना सम्बन्भित लाई उम्मेदवार बनाइएको समेत आरोप लगाएका छन । गजेन्द्र बाबुको सपना सकार गर्न पुन नेपाल सदभावना पार्टी स्थापना गरेर चुनावमा आफूहरू पनि भाग लिएको राष्ट्रिय अध्यक्ष महतोको भनाई थियो । मधेसी जनताको अधिकारका लागि नेपाल सदभावना पार्टीलाई भोट दिएर सहयोग गर्न उनले आग्रह समेत गरेका छन ।
पार्टीका केन्द्रीय महासचिव नागेन्द्र सिहले सप्तरीबाट चुनावको प्रचारप्रसार सहित सुरु भएको जनजागरण अभियान मधेस प्रदेशमा १६ दिन सम्म निरन्तर जारी रहने बताए । साथै हुलाकी सडकमा पर्ने सबै जिल्लामा ४ दिन गजेन्द्र नारायण सिह पथ यात्रा धनुषा जिल्लाको ढलकेवर बाट सुरु गरि मधेस प्रदेश भरी यसको प्रचारप्रसार गर्ने महासचिव सिहले जानकारी दिए ।
नेपाल सदभावना पार्टीले असोज ३० गते घोषण पत्र जारी गर्दै मधेस प्रदेशमा ६ स्थानमा प्रतिनिधि सभाका उम्मेदवार उठाएका छन भने प्रदेश सभा सदस्यका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा रहेको बताइएको छ । उक्त अभियानमा पार्टीका केन्द्रीय महासचिव नागेन्द्र सिह, सप्तरीका रामअशिष मण्डल, नेता महालाल मण्डल, सितादेवी ठाकुर, फुलनदेवी सदा, पलट पण्डित र जितन राम लगायत सहभागिता रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |