राजबिराज, २ कार्तिक । पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोट खेलमा रोहन बिकको उत्कृष्ट प्रर्दशनले सप्तरी विजय भएका छन् । त्यस्तै दोस्रो खेलमा सिरहाले लगातार दोस्रो जित हात पारेको छ ।
बुधवार राजबिराजमा सप्तरी क्रिकेट सँघको आयोजना तथा मधेश प्रदेश क्रिकेट सँघको सहयोगमा संचालित छनोट खेलमा सप्तरीले धनुषालाई २ बिकेटले पराजित गर्दै पहिलो जित निकालेको छ भने सिरहाले महोतरीलाई ५ बिकेटले हराउँदै आफ्नो जितलाई निरन्तरता दिएको छ ।
पबिमावि खेलमैदानमा टस जितेर धनुषाले ४४ ओभर ३ बल खेल्दै सबै बिकेट गुमाई १ सय ७६ रनको योगफल खडा गरेका थिए । जसमा रौनक रत्नले सर्वाधिक ६१ रन, हिमांशु दत ३० रन र हरिशंकर साहले २० जोडे । बलिंग तर्फ सप्तरीका अभिशेषक कार्की र पप्पु यादब ३र३ बिकेट तथा रोहित, बिकास दास र अजय यादबले समान्य १र१ बिकेट हात पारे ।
जवाफमा सप्तरीले ४० ओभर ३ बल खेल्दै ८ बिकेट गुमाई विजय हात पारेका थिए । टिमका लागि रोहन बिकले उत्कृष्ट ब्याटिङ गर्दै ४ छक्का र ११ चौकाको मदतले ७८ रन बनाएपछि जितका लागि सहज भएको थियो । त्यस्तै राहुल मण्डल २३, अभिषेक कार्की १७, पप्पु यादब १५ र बिकास दासले १० रन बनाउँदै अविजित रहेपछि टिमका लागि जित सुनिश्चित भएको थियो ।
यता बलिंग तर्फ धनुषाका दिब्यान्सु मलिकले सर्वाधिक ४ बिकेट, बिक्रान्त यादब २ र आकाश राय तथा रूपेश यादबले १/१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सप्तरीका रोहन बिक घोषित भएका थिए । यसैगरी सिरहा र महोतरी बिच भएको दोस्रो खेलमा टस जितेर महोतरीले ३३ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेका थिए । जसमा अभिषेक तिवारी १५, सुकेश यादब १४ श्याम मण्डल र मुरारी ठाकुर १२/१२ रन बनाएका थिए ।
बलिंग तर्फ सिरहाका रूपेश सिँह र प्रदिप पासवान २/२ बिकेट अफरूदिन रायन २ तथा मनोज यादब र तारपेशर मुखियाले १/१ बिकेट लिएका थिए । जवाफमा सिरहाले ३२ ओभर १ बलमा ५ बिकेट गुमाई विजय हात पारेका थिए । जसमा रूपेश सिँहले अविजित ३८ रन, शैलेन्द्र साह ३३ रन जोडेपछि जित सहज भएको थियो । बलिंग तर्फ महोतरीका रमेश सहनी र नवीन यादब २र२ बिकेट र बिनेश सहनीले १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सिरहाका रूपेश सिंह घोषित भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |