राजबिराज, ४ कार्तिक । पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोट खेलमा बारा र रौतहट विजय भएका छन ।
शुक्रवार राजबिराजमा सप्तरी क्रिकेट सँघको आयोजना तथा मधेश प्रदेश क्रिकेट सँघको सहयोगमा संचालित छनोट खेलमा बाराले पर्सालाई १ सय ६४ रनले तथा रौतहटले सर्लाहीलाई १० बिकेटले पराजित गरेको छ ।
पबिमावि खेलमैदानमा टस जितेर बाराले ५० ओभरमा ७ बिकेट गुमाई ३ सय ६ रनको योगफल खडा गरेका थिए । जसमा अनिल कुमार साहले सर्वाधिक १ सय ४९ रन, तिर्थराज दास ३४ रन, निकेश गुप्ता २३ अविजित र मेगराज महरा २३ रन जोडेका थिए । बलिंग तर्फ पर्साका सैफुला अन्सारीररंजित कुमार ३र३ बिकेट तथा सम्साद अन्सारी १ बिकेट हात पारे ।
जवाफमा पर्साले ३७ ओभर २ बलमा सबै बिकेट गुमाई १ सय ४२ रन मात्र बनाउन सके । टिमका लागि अलफाज मन्सुरी ३६ र संतोष कार्की २९ रन बनाएपनि जितका लागि सहज भएन । बलिंग तर्फ बाराका निखिल सिँहले उत्कृष्ट बलिंग गर्दै ५ बिकेट, कुमार थापा २ र आदिल अन्सारी तथा अरनिको यादब १/१ बिकेट हात पारे । खेलको म्यान अफ दि म्याच बाराका अनिल कुमार साह घोषित भएका थिए ।
सैगरी आजै सम्पन्न रौतहट र सर्लाही बिच भएको खेलमा टस जितेर सर्लाहीले ४४ ओभर १ बलमा सबै बिकेट १ सय ८९ रनको योगफल खडा गरेका थिए । जसमा आतिश दास ३१ रन, रोशन पुलामी मगर २८ र दयानन्द मण्डल २१ रन अविजित र अली हसन २७ रन जोडेका थिए । बलिंग तर्फ रौतहटका राजेश यादब ४ बिकेट, नरेश साह २ बिकेट र रन्विर यादब, नितिश यादब, सागर पासवान, सनु साह तथा योगराज शर्मा १/१ बिकेट लिएका थिए ।
जवाफमा रौतहटले ३० ओभर ३ बलमा बिना क्षति १० बिकेटले जित हात पारेका थिए । टिमका लागि डब्ली मल्लिकले सर्वाधिक शतकी पारी खेल्दै १ सय १ रन बनाएपछि जितका लागि सहज भएका थिए । त्यसैगरी टिमका अर्का ब्याटसम्यान अरबिन्द जसवाल ७५ रन बनाउँदै अविवित रहेपछि रौतहटले १० बिकेटले जित सहज भएको हो ।
खेलको म्यान अफ दि म्याच रौतहटका डब्ली मलिक घोषित भएको सप्तरी क्रिकेट सँघका सदस्य डम्वर नारायण दास९ शंभु० ले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |