राजविराज, ५ असोज । सिँचाइ मन्त्री एवम् नेकपा माओवादीका नेता उमेशकुमार यादवले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
उनले सत्तारुढ गठबन्धनबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । उम्मेदवारी पछि मेमो खबरलाई प्रक्रिया दिँदै उनले पार्टीको निर्णय अनुसार नै आफूले एक कदम पछि हटेको बताए ।
‘त्यस बेलाको बाम गठबन्धनको अवस्था फरक थियो र अहिलेको अवस्था फरक छ, पार्टी नेतृत्वबाटै आफूहरूले यो जिम्मेवारी पाएको हो’ उनले भने, ‘त्यसको लागि पार्टी नेतृत्व प्रति आभारी छु ।’ उनले प्रदेशमा रहेर पनि यहाँका जनताको सेवा गर्ने र प्रादेशिक संरचनालाई थप मजबुत र बलियो पार्ने अघि बढ्ने प्रतिवद्धता जनाए ।
‘हामी केन्द्रका राजनीति गरेका वा मन्त्री बनेकाहरू प्रदेशमा लड्नु हुन भन्ने कहाँ छ र उनले भने, ‘विगतमा पनि हेर्नु न धेरै नेताहरू यसरी उम्मेदवारी दिएर निर्वाचित पनि भएका छन्, त्यसैले यसलाई अन्यथा नलिऊँ ।’ प्रदेशमा पनि हाम्रो प्रतिनिधित्व हुनु जरुरी रहेको उनको कथन छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |