राजबिराज, ४ कार्तिक । पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसीय क्रिकेट छनोट खेलमा पर्सा र रौतहट विजय भएका छन् ।
शनिवार राजबिराजमा भएको छनोट खेलमा पर्साले सर्लाहीलाई ८ बिकेटले र रौतहटले बारालाई ६ बिकेटले पराजित गरेको छ ।
स्थानिय पबिमावि खेलमैदानमा टस जितेर सर्लाहीले २९ ओभर ४ बल खेल्दै ८१ रनको सानो योगफल खडा गरेका थिए । जसमा बिवेक ठाकुर ४० रन, रंजित यादब ११ रन जोडे ।
बलिंग तर्फ पर्साका रंजित कुमार ४ बिकेट, ब्यास यादब ३, सम्साद अन्सारी २ र अलफाज अन्सारी १ बिकेट लिएका थिए । जवाफमा पर्साले १० ओभर १ बलमा २ बिकेट गुमाएर विजय भएका थिए।
जसमा ईमरान शेखले सर्वाधिक ४४ रन, सुरज कुरमी १८ रन अविजित र सन्तोष कार्कीले १७ रन बनाएपछि जित सहज भएको हो । यता बलिंग तर्फ सर्लाहीका विशाल पटेलले २ बिकेट लिएका थिए ।खेलको म्यान अफ दि म्याच पर्साका रंजित कुमार घोषित भएका थिए ।
यसैगरी मबिव खेलमैदानमा बारा र रौतहट बिच भएको दोस्रो खेलमा टस जितेर बाराले ३४ ओभर १ बलमा सबै बिकेट गुमाई १ सय ४० रनको योगफल खडा गरेका थिए । जसमा मेगराज महरा २९ रन, मोहम्मद आदिल आलम अन्सारी, निखिल सिँह १६/१६ रन र निकेश गुप्ता १५ रन,अरनिको यादब १३ रन जोडेका थिए ।
बलिंग तर्फ रौतहटका नितेश यादब र राजेश यादब, सागर पासवान ३/३ बिकेट, शनि साह १ बिकेट हात पारेका थिए । जवाफमा रौतहटले २६ ओभर ३ बलमा ६ बिकेट गुमाएर बिजय भएका थिए ।
जसमा शनि साह ४४ अरबिन जयसवाल ३० रन, राज पटेल २१ र सुरज साह २० रन बनाएपछि टिमलाई जित्न सहज भएको थियो । बलिंग तर्फ बाराका जितेन्द्र यादब २ बिकेट र कुमार थापा तथा मोना हवाडीले १/१ बिकेट हात पारेपनि जितका लागि पर्याप्त बिकेट लिन सकेन ।
खेलको म्यान अफ दि म्याच रौतहटका राजेश यादब घोषित भएको सप्तरी क्रिकेट सँघका सदस्य शंभु दासले जानकारी दिए । भोलीको अन्तिम चरणको लिग खेल रौतहट र पर्सा तथा बारा र सर्लाही बिच हुने संघले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |