राजबिराज, ६ कार्तिक । मधेश प्रदेश सिनियर क्रिकेट छनोट एकदिवसीय खेलमा बारा र पर्सा विजय भए सँगै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार राजबिराजमा भएको छनोट खेलमा बाराले सर्लाहीलाई ५ बिकेटले र पर्साले रौतहटलाई ६ बिकेटले पराजित गरेपछि सेमिफाइनलमा प्रवेश गरेका हो ।
पबिमावि खेलमैदानमा टस जितेर सर्लाहीले ३८ ओभर ३ बलमा सबै बिकेट गुमाई १ सय २७ रनको योगफल खडा गरेका थिए । जसमा अली हसन २५ रन, राहुल महतो २१ रोशन पुलामी १८ र आतिश दास १५ रन जोडे ।
बलिंग तर्फ बाराका कुमार थापा ३ बिकेट, अरनिको यादब २ बिकेट, जितेन्द्र यादब, निखिल सिँह, शंकर पौडेल १र१ बिकेट लिएका थिए । जवाफमा बाराले १४ ओभर १ बलमा ५ बिकेट गुमाएर विजय भएका थिए ।
जसमा रबी साह सर्वाधिक ६० अविजित खेलेपछि जित सहज भएको हो, त्यस्तै अरनिको यादब ४१ रन, आदिल अन्सारी १२ र साहिल पटेलले ११ अविजित खेल्दै टिमलाई जित दिलाएका थिए । यता बलिंग तर्फ सर्लाहीका विशाल पटेलले ४ र सन्दिप खडका १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच बारा अरनिको यादब घोषित भएका थिए।
यसैगरी मविवि खेलमैदानमा रौतहट र पर्सा बिच भएको दोस्रो खेलमा टस जितेर रौतहटले ४५ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ७४ रनको योगफल खडा गरेका थिए । जसमा रनबिर यादब ४० रन, राजेश यादब ३९ डब्लु मलिक २९ रन र अरबिन्द जसवाल १० रन जोडेका थिए ।
बलिंग तर्फ पर्साका सम्साद अंसारी ५ बिकेट सैफुला अन्सारी ४ बिकेट र ब्यास यादबले १ हात पारेका थिए । जवाफमा पर्साले २६ ओभर ४ बलमा ५ बिकेट गुमाएर बिजय भएका थिए । जसमा ईमरान शेख सर्वाधिक ७१ रन, अलफाज मन्सुरी २४ अविजित, अनुज चौहान २३ बनाएपछि टिमलाई जित्न सहज भएको थियो ।
बलिंग तर्फ रौतहटका नितेश यादब २, सुरज साह, शनि साह, राजेश यादबले १/१ बिकेट हात परेपनि जितका लागि प्रयाप्त बिकेट लिन सकेन । खेलको म्यान अफ दि म्याच पर्साका सम्साद मन्सुरी घोषित भएको सप्तरी क्रिकेट सँघका सदस्य रोशन मण्डलले जानकारी दिए । सो प्रतियोगिता अन्तर्गत यस अगाडि नै धनुषा र सिरहा सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले कार्तिक १३ बाट सुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि यस एकदिवसीय छनोट क्रिकेट खेलबाट मधेश प्रदेश क्रिकेट टोली छनोट भई प्रतियोगितामा सहभागिता जनाउने सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |