राजविराज, १० कार्तिक । आज भाइबहिनीको स्नेह र प्रेमको प्रतीक भरदुतिया पर्व मनाइँदै छ ।
भरदुतिया अर्थात भाइटीका पर्व दिदीबहिनीको दाजुभाइप्रति आस्था र विश्वासको पर्व हो । यो पर्व प्रत्येक वर्ष कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा मनाइन्छ । पर्वको दिन दिदीबहिनीले दाजुभाइको निधारमा तिलक लगाई दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् ।
मिथिलाञ्चलमा भरदुतिया विभिन्न तरिकाले मनाइन्छ। मिथिलाञ्चलमा यसलाई भ्रातृ द्वितीया वा भारदुतिया भनिन्छ । बहिनीले भाइको दीर्घायुको लागि भाइलाई टिका लगाउँछिन् ।
टिका लगाएपछि हातमा सुपारी दिएर भगवानसँग प्रार्थना गर्छिन् कि हे भगवान, जसरी यमले यमुनाको प्रार्थना सुने, त्यसरी नै मेरो प्रार्थना सुनेर मेरो भाइमाथि आउने सबै कष्टहरू हटाउनुहोस् । मेरो दाजु अमर रहोस् । भने कामना गर्छिन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |