राजविराज, ११ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आदिल आलम र अनिल कुमार साहलाई आफ्नो टिममा राख्दै मधेस प्रदेश क्रिकेट टिमको घोषणा गरेको छ ।
कार्तिक १३ गते देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि मधेश प्रदेश क्रिकेट संघले टिमको घोषणा गरेको छ ।
मधेश प्रदेशको कप्तानी हरिशंकर साहले गर्ने भएका छन् । यस अघि नेपाल पुलिस क्लबबाट खेल्दै आएका अनिल कुमार साह आफ्नो प्रदेश बाट खेल्ने भएका छन् ।
मधेश प्रदेशको टिममा अनिल कुमार साह, विवेक यादव, सन्तोष कार्की, रतन रौनक, डब्लु मलिक, इमरान शेख रहेका छन् । त्यस्तै रोहन बि.के, विशाल पटेल, रुपेश सिंह, राजेश यादव, अदिल आलम, विशाल सुश्लिगं, प्रदीप पासवान मधेश प्रदेश टिममा मौका पाएका छन् । टिमको प्रशिक्षकमा सुनिल साहर्लाइ राखिएको छ ।
समुह ‘बि’ मा मधेश प्रदेश सहित ४ टिम रहेको छ । जसमा विभागीय टोलि नेपाल पुलिस क्लब सहित लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर-१ छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |