राजबिराज, १६ कार्तिक । जनता समाजवादी पार्टीले हिमाल, पहाड र तराई मधेश जोड्ने चुनावी गीत सार्वजनिक गरेको छ ।
देशले खोजेको जनताले रोजेको हिमाल, पहाड र तराई छैनौ हामी पराई, देशलाई जोड्ने जसपा बोलको गीत सार्वजनिक गरिएको हो ।
नेपाली लोक भाकामा गाइएको उक्त गीतमा हिमाल, पहाड र तराई मधेशको मौलिक लोक लयहरू समावेश गरिएको छ ।
नेपालमा बस्ने सम्पूर्ण नेपालीको साझा घर नेपाल भएको भन्दै शोषित, उत्पीडित, महिला, थारु मुस्लिम, दलित, जनजाति लगायत पिछडा वर्ग समेतको पहिचान, स्वाभिमान, न्याय र समानताको वकालत गर्ने वैकल्पिक शक्तिको रुपमा जसपा उदाएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन् ।
आफूहरूको पार्टीको निती सिद्धान्त परिवर्तनको पक्षमा रहेकोले पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको उनले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |