राजबिराज, १७ कार्तिक । मुद्दा र्फछौट गर्न ढिलाइ गरेको भन्दै राजविराज वडा नम्बर ४ निवासी दिनेशप्रसाद साह र उनकी श्रीमती अदालतको मूल गेट अगाडि बिहीबार बिहान १० बजेदेखि दोश्रो पटक आमरण अनशनमा बसेका हुन् ।
सप्तरी जिल्ला अदालतबाट अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दिनेश प्रसाद साह र उमेश प्रसाद साह दुबै दाजु भाइलाई ४/४ धुर जग्गा हुने गरि फैसला भएपनि सो फैसला अझै कार्यान्वयन हुन नसकेको दिनेश बताउँछ ।
जिल्ला अदालतले गरेको फैसला विरुद्ध उनका दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिए पछि फैसला कार्यान्वयन प्रक्रिया लम्बिएको हो ।
यस अघि गत असोज ६ गते पहिलो पटक अनशनमा बसेका साह सम्पत्तिलाई उच्च अदालतका न्यायाधीशहरूले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनशन तोडिएको साह दम्पतीले जानकारी दिए ।
उच्च अदालत जनकपुर राजविराज इजलासका उपरजिष्ट्रार उज्जवल न्यौपानेले अदालतमा मुद्दाको चाप बढिरहेको र फौजदारी गुदालाई प्राथमिकतामा राखेर फैसला गर्नू पर्ने हुदाँ साह दम्पतीका विषयमा प्रक्रिया अनुसार पालो आएपछि न्यायनिरूपण हुने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |