राजविराज, १८ कार्तिक । सप्तरी जिल्लामा सहकारीहरूकाे उधान, व्यवस्थापक साथै सहकारी कर्मचारीहरूको हकहितका लागि बिनाेद साफीकाे अध्यक्षतामा सहकारी व्यवस्थापक क्लब सप्तरीको स्थापना गरिएको छ ।
शुक्रवार राष्ट्रिय सहकारी बैंक राजबिराज शाखाको समन्वयमा सप्तरी जिल्लाका सहकारी कर्मीहरू भेला भएर सहकारीका ब्यवस्थापकहरु लाई एक्यबद्ध बनाउने उद्देश्यले कल्ब गठन गरिएको बताईएको छ ।
आइडियल सहकारी संस्थाका व्यवस्थापक बिनोद कुमार साफिको अध्यक्षतामा ७ सदस्यीय तदर्थ सञ्चालक समिति गठन गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा नवोदय सहकारी संस्था राजबिराजकी व्यवस्थापक नैना कुमारी यादव, सचिवमा मनकामना बहुउद्देश्यीय सहकारी संस्थाका दिपक कुमार खड्का र कोषाध्यक्षमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका ब्यवथापक बिनोद कुमार दासलाई चयन गरिएको छ ।
यसैगरी सदस्यहरूमा नेपाल सहकारीका शंकर प्रसाद साह, जनमुखी बहुउद्देश्यीय सहकारीका राजकुमार देव र जनज्योति कृषि सहकारीका मनोज कुमार यादव सर्वसम्मत चयन गरिएको अध्यक्ष साफीले जानकारी दिए ।
आजको पहिलो बैठकबाट कल्ब मूर्तरूप दिनका लागि तदर्थ संचालक समिति, विधान मस्यौदा उपसमिति र सल्लाहकार समिति निर्माण गरी, क्लब गठन तथा दर्ता प्रक्रिया र आगामी कार्ययोजनाको बारेमा छलफल भएको अध्यक्ष साफीले बताए ।
सो बैठकले तदर्थ सञ्चालक समितिको अतिरिक्त ३ सदस्यीय विधान मस्यौदा र ५ सदस्यीय सल्लाहकार उपसमिति गठन सँगै सप्तरी जिल्लाका सम्पूर्ण सहकारी संस्थाहरूलाई समेटेर निधान मस्यौदा उपसमितिले विधानको मस्यौदा तयार पारे पश्चात छलफल गर्ने गरी बैठक गर्ने निर्णय गरिएको बताईएको छ ।
साे कार्यक्रमकाे सहजिकरण राष्टिय सहकारी बैंक राजबिराज शाखाका प्रमुख चन्द्रमणी भट्टराईले गरेका थिए भने संयोजकत्व फत्तेपुर बहुउद्देश्यिय सहकारी संस्थाका ब्यवस्थापक ईश्वरी प्रसाद नेपालले गर्नु भएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |