राजबिराज, १९ कार्तिक । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ का दक्षिण भेगमा विकासको पूर्वाधार निर्माण, किसानका लागि सिँचाइको उचित व्यवस्थापन गर्ने, उच्च शिक्षा अंग्रेजी माध्यमबाट संचालन र स्वास्थ्यको स्तर बृद्वि गरी अस्पताल निर्माण, राजमार्ग सँग ग्रामीण सडक पुर्याउने चुनावी मुख्य एजेन्डा रहेको बताए ।
उनले शनिवार मेमो खबर सँग सङ्क्षिप्त प्रतिक्रिया दिइदै भने जिल्लाको दक्षिण भेगको सडक संजाल र सडकको पूर्वाधारको विकास हुने नसकेकोले त्यस क्षेत्रमा राजमार्ग सँग ग्रामीण सडक जोडने चुनावी एजेन्डा रहेको बताए ।
यस भेगमा दलित बस्ती सम्म आधारभुत स्वास्थ्य सेवा सहज पाउन नसकेकोले खासगरी दक्षिण भेगमा समान्य अस्पताल नहुदाँ स्वास्थ्य उपचारबाट बञ्चित हुने गरेकोले स्वास्थ्य अस्पताल निर्माण चुनावी एजेन्डा रहेको छ ।
दोहोरो शिक्षा प्रणाली कारण यस क्षेत्रको शिक्षाको स्तर बृद्वि हुन नस्कदाँ उच्च शिक्षालाई अंग्रेजी माध्यमबाट संचालन गरी गुणस्तरीय शिक्षामा सुधार ल्याउने एजेन्डा रहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |