राजबिराज, १९ कार्तिक । मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
शनिवार राजबिराजमा मैथिली साहित्य परिषद द्वारा आयोजित मैथिली भाषाको विकासका लागि उम्मेदवारहरूको अवधारणा कार्यक्रममा सहभागीहरूले जोड दिएको हो ।
कार्यक्रममा प्रदेश २ (२) का उम्मेदवार लक्ष्मण यादबले आफू निर्वाचित भएमा मैथिली भाषाको विकासका लागि मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा विकास गर्ने प्रतिबद्धता गरे ।
अर्का प्रत्याशी खेलानन्द दासले मैथिली भाषाको विकास लागि भाषालाई सरकारी भाषाको रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी अर्का उम्मेदवार महिदेव चौधरीले मैथिली भाषाको विकासका बिधापतिको सम्झनामा प्रतिमा स्थापना गर्ने प्रतिबद्धता जनाए । त्यस्तै २ (२) कै उम्मेदवार प्रतिमा देवले मैथिली विकासका लागि मैथिली पुस्तकालयको व्यवस्थापन गरी संचालनमा ल्याउने बताइनँ।
मैथिल साहित्य परिषद अध्यक्ष सतिश कुमार दतको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देव, पूर्व अध्यक्ष बिष्णु मण्डल, पूर्व मैथिल महिला परिषद अध्यक्ष मिना ठाकुर, अन्तराष्ट्रिय महिला परिषद महासचिव करूणा झा लगायतले मैथिली भाषाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |