राजविराज, २३ कार्तिक । राजबिराज नगर भित्र झुन्डिएका निर्वाचन प्रचार सामग्री बुधवार देखि हटाउन सुरू गरिएको छ ।
निर्वाचन आचारसंहिता विपरित नगरका बिभिन्न ठाउँमा झुन्डयाइएका झण्डा, पोस्टर र ब्यानर प्रहरी मार्फत हटाउन थालेको हो ।
राजबिराज स्थित गजेन्द्र चौकसहित नगरको विभिन्न क्षेत्रमा ल्याइएको ब्यानरले नगर नै कुरूप बनेको र निर्वाचन आचारसंहिता विपरित राखे पछि स्थानीय प्रशासनले हटाउन थालिएको प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।
उनले भने भारतीय प्लेटका गाडीहरूमा उम्मेदवारहरूले झण्डा लगाउन नपाउने र नेपाली प्लेटका सवारी साधनमा झण्डा मात्र लगाएर प्रचारप्रचार पाउने ब्यवस्था भएको उपरीक्षक काफ्ले बताए ।
भारतीय भाडाको गाडीमा झण्डा झुन्डाएको पाइएमा गाडी नै नियन्त्रणमा लिई आवश्यक कार्यवाही गर्ने चेतावनी दिएको छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |