राजबिराज, २३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सप्तरीको समस्याको समाधानका प्रयास सँगै भ्रष्टाचारको बिरूद्वमा सबै भन्दा बढी खबरदारी चर्चा गरे ।
बुधवार राजबिराजमा आयोजित कोण सभामा बोल्दै लामिछानेले राष्ट्रिय रूपमा भ्रष्टाचारको बिरूद्वमा आवाज अझ बढी बुलन्द बनाउनका लागि यस पटक संसदबाट बोल्न चाहेकोले पार्टीले उम्मेदवारी दिएको बताए ।
यो चुनाव समान्य चुनाव होइन, यो चुनाव एउटा पुस्ता र अर्को पुस्ता बिचको चुनाव हो, एउटा पुस्ता जसलाई हामीले निरन्तर भोट दियौ, त्यो पुस्ताले हाम्रो भोटको कदर गरेन, र हुदाँ हुदाँ आफू शक्तिमा रहनका लागि एउटा पार्टीले अर्को पार्टी सँग गठबन्धन गरेको आरोप लगाए ।
उनले भने बिचार, सिद्वान्त, आर्दश, बाटो केही नमिल्दा पनि केबल शक्ति र सता का लागि गठबन्धन गरिएको बताए । हामी एकले नयाँ दल हो, कुनै एउटा पनि उम्मेदवार सँगै गठबन्धन गरेको छैनौ, राजनिति दल भनेको चुनाव लडदाँ आफ्नो भिजन, एजेन्डा लिएर उम्मेदवार लड्ने हो, हामी सँग त्यो इमान, साहस छ, आज बोलेको ४ महिनामा घरघरमा घण्टी बोलेको मात्र होइन, भ्रष्टाचारी कानमा घण्टी बोलेको छ, अब यो घण्टी रोकिने बाला छैन, अब युवाहरू जोगी सकेका छन्, घरघरबाट ताँती सकेका छन, यही देशका युवाहरू विदेश जागर खान बाध्य छन, बिदेशमा बस्ने युवाहरू भन्छन्, यस पलट घण्टीमा भोट दिनु होला, हामी बिदेश फर्किन चाहन्छौ, यही देश ठुलो कलकारखाना ठुलो छ, यही देशमा रोजगारी गरोस्, उनीहरू बिदेशमा उनीहरू आवाज उठाइरहेका छन् ।
उनीहरूले यस पटक आफ्ना आमा बुबालाई घण्टीमा भोट हाल्न भनी रहेको छ, किन भने यसपल्ट संसद् फेरिने छ, सरकार फेरिने र हाम्रो लागि बोलिने छ, उनीहरू बताईरहेका छन् । यसपल्ट तपाईंले कुनै हालतमा यति भोट बदलिनु भएन भने नयाँ पुस्तालाई फेर्नु भएन भने, विदेशमा दुख गरिरहेका युवाहरूको आशाको किरण डुब्ने छ ।
हामीलाई मात्र होइन, उनीहरूको भबिश्य लाई सोचेर यसपल्ट नयाँ पुस्तालाई चुन दिनुपर्दछ, पुराना पुस्तालाई हेरिसक्नु भएको छ, यहाँ बाटो, ठाउँ, विधायक, अस्पताल, विकास परियोजना, कृषक, तथा मजदुर अवस्था, सरकारी कार्यालयहरूको बिजोक रहेका छन्, यतिका वर्ष सम्म तपाईहरूले जिताएकाहरूले गरेका हुन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |