राजविराज, २८ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सप्तरी १ को (२) बाट प्रदेश सभा सदस्यको उम्मेदवार नेकपा एमालेका प्रभावशाली नेता राजकुमार लेखी को जनाधार थप बलियो बन्दै गएको छ ।
चुनावको मिति नजिकिएसँगै लेखी अहिले घरदैलोको चटारोमा छन् । लेखी एका बिहानैदेखि राति अबेरसम्म घरदैलोमा व्यस्त हुन्छन् । घरदैलोको क्रममा मतदातालाई आफ्नो एजेन्डा बुझाउनमा व्यस्त देखिन्छ । चुनावी प्रचारप्रसारमा जनताको व्यापक सहभागिता देखिएको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य समेत रहेका लेखी राजनीतिक सक्रियता र समाजसेवा मार्फत पुर्याएको योगदानको कारण निकै लोकप्रिय रहेको छ । जसको कारण चुनाव जित्न सहज हुने आंकलन हुदै आएको छ राजनीतिलाई आफूले पेशाको रुपमा नभएर सेवाको रुपमा लिएको उनको भनाई छ ।
आफ्नो चुनावी क्षेत्रको जनताको आवाज सश्कत रूपमा राष्ट्रिय राजनिति र प्रदेश सरकार सम्म पुरयाउनु एजेन्डा लिएर अगाडि बढेको छु। आफनो पक्षमा देखिएको जनलहरले चुनाव जित्न सहज हुने अनुमान गरिएको छ । आफ्नो चुनावी क्षेत्रको जनताको आवाज सश्कत रूपमा राष्ट्रिय राजनिति र प्रदेश सरकार सम्म पुरयाउनु एजेन्डा लिएर अगाडि बढेको छु।
निस्वार्थ भावनाले पहिचान र अधिकारको लडाईमा निरन्तर सम्पूर्ण जीवन समर्पण गरे, लेखीले भने, आफुले समाजिक रुपान्तरण र परिवर्तनको लागि गरेको योगदानलाई जनताले मूल्यांकन गर्नेछ, सामाजिक न्याय र समानताको लडाईमा अझै संघर्षरत रहेको हुँदा जनताले विजयी बनाउनेमा ढुक्क छु ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |