राजबिराज, २९ कार्तिक । सप्तरी १ (२) प्रदेश सभा सदस्य उम्मेदवार बद्री नारायण महात्मान यादबले पूर्वी क्षेत्रमा रहेको निकुन्जको जनावरको व्यवस्थापन र कोशी नदि नियन्त्रण गर्नु मुख्य एजेन्डा रहेको बताएका छन ।
मेमो खबर द्वारा आयोजित चुनावी प्रत्यक्ष संवाद कार्यक्रम बोल्दै भने बर्सेनि निकुन्जका जनावरले यस क्षेत्रका स्थानीयवासी लाई दुख दिने गरेकोले निकुन्जको व्यवस्थापन गर्ने मुख्य उदेश्य रहेको बताए ।
उनले भने बर्सेनि यो क्षेत्रमा कोशी नदिको बाढीले स्थानीयवासीहरूको जनधनको क्षति हुने गरेकोले यसको व्यवस्थापन गरी बाढी वाट जोगाउन तटबन्धहरूको नियन्त्रण गर्ने बताए ।
यो सँग चन्द्र नहरको उचित व्यवस्थापन र आम जनताको स्वास्थ्य सहज पहुँच पुर्याउन शिक्षामा सुधार ल्याउने छु, जनता मलाई जिताउन उत्साहित रहेकोले हामी कर्मका विश्वास गर्ने गरेकोले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।
पहिला देखि नै नहरको अवस्था अस्तव्यस्त रहेकोले पहिला भन्दा धेरै काम भएकोले केही काम बाँकी रहेकोले जाईका जापानको जिम्मामा चाडै चन्द्रनहरको व्यवस्थापन गरिने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |