राजबिराज, ३० कार्तिक । सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ (२) बिदेश्वर प्रसाद यादब बिकीले मधेशको अधिकार, पहिचानको सुनिश्चिताको लागि र अधुरो विकासका लागि एकचोटी मौका दिन मतदाता सँग आग्रह गरेको छ।
मेमो खवरको चुनावी प्रत्यक्ष संवादमा बोल्दै यादबले बिगत ५ बर्षमा यस क्षेत्रमा मैले जितेर गएपछि आफ्नो संसदीय बिकासिय कोषबाट धेरै काम गरेको बताए ।
यस क्षेत्रमा पहिलाका सरकारले कुनै गरेका थिएन, म जितेपछि शिक्षा र स्वास्थ्य, व्यवस्थापन जिरो वाट सुरू गरेको बताए। यस क्षेत्रमा ठूला साना गरी १ सय ८६ वटा ठोस योजना सम्पन्न गरेको छु, उनले भने बेरोजगारीलाई न्यून गर्नका लागि युवाहरूलाई रोजगार मुखी बनाउन लघु उधोग सँगै दिगो विकासको लागि प्रयोग धेरै काम गर्न बाकी रहेको बताए ।
निर्वतमान प्रदेश सभा सदस्य बिकीले भने संघीयता र मधेश आन्दोलन पछि मधेश प्रदेशमा विकासको काम अगाडि बढेको छु, मधेश प्रदेश सरकारको मातहतमा शिक्षा नभएको कारण शिक्षा व्यवस्थापन हुन नसक्दा अपेक्षित सुधार गर्न नसकेको बताए, उनले भने मधेश प्रदेश सरकारको मातहतमा शिक्षा भएको भए चाडै शिक्षा नीति बनाएर गुणस्तरीय शिक्षामा सुधार हुने थियो ।
मधेश प्रदेश अहिले शिशु अवस्थामा रहेको प्रदेशलाई अधिकार सम्पन्न भएपछि मधेशमा विकास अझ राम्रो देखिने बताए । उनले भने पूर्वाग्रही रूपमा संघीयता बनेको छ, यस अवस्थामा ७० प्रतिशत बजेट केन्द्रले राख्ने र बाकी ३० प्रतिशत बजेट स्थानीय र प्रदेश सरकारलाई दिनु ठुलो विभेद गरेको छ,।
मधेश हकहितको लागि गठबन्धन भएकोले अधिकार र पहिचानको सुनिश्चिताको लागि अधुरो विकासका लागि एक चोटी फेरी मौका दिन मतदाता सँग आग्रह गर्नु भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |