राजबिराज, ३० कार्तिक । जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजबिराज र छिन्मस्ता गाउपालिकामा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।
बुधवार निर्वाचन कार्यालय सप्तरी द्वारा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि राजबिराजमा नमुना मतदान सम्पन्न गरेको हो।
सो मतदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला निर्वाचन अधिकारी रमेश जोशी, सप्तरी प्रहरी प्रमुख अभि नारायण काफ्ले सहित स्थानीयवासीहरूले नमुना मतदान गरेका थिए ।
यही मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई स्वछ, मर्यादित बनाउनका लागि नमुना मतदान गरेको निर्वाचन अधिकारी रमेश जोशीले बताए।
यता निर्वाचन कार्यालयले गत मंगलबार छिन्मस्ता गाउपालिका सहित जिल्लाको विभिन्न गाउपालिका गरी १५ स्थानमा नमुना मतदान कार्यक्रम गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |